
काठमाडौं, ५ पुस । पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता गोकर्ण विष्टले प्रधानमन्त्रीबाट भएको गल्ती राष्ट्रपतिले सत्याउने विश्वार व्यक्त गरेका छन् ।
संसद विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस गएको निर्वाचनमा जनतासामू गरेको बाचाविपरीत भएको उनले बताएका छन् ।
‘प्रधानमन्त्रीको संसद विघटनको सिफारिस गत निर्वाचनमा व्यक्त जनमत र संविधानविपरीत छ’, उनले भनेका छन्, ‘संविधानको संरक्षकको नाताले उक्त कदम सच्याउन राष्ट्रपतिज्यूबाट भूमिका निर्वाह हुने छ भन्ने अपेक्षा राख्दछु ।’
प्रधानमन्त्रीको कदम अप्रिय भएको भन्दै राष्ट्रपतिले सच्याउनेमा उनी विश्वस्त छन् ।
आइतबार बिहान बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद विघटन गर्न सिफारिस गरेका छन् ।
उक्त सिफारिस लिएर प्रधानमन्त्री ओली यतिबेला राष्ट्रपति भवन शितलनिवास पुगेका छन् ।
संसद विघटनको सिफारिससँगै नेपाली राजनीतिमा ठूलो हलचल पैदा भएको छ भने प्रधानमन्त्री ओलीको विरोध शुरु भएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै उनको चर्को आलोचना शुरु भएको छ ।















प्रतिक्रिया