३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीको कदमप्रति कांग्रेसको गम्भीर असहमति, गल्ती नगर्न राष्ट्रपतिलाई आग्रह

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर असहमति प्रकट गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक र अधिनायकवाद उन्मुख भएकाले त्यसलाई सकारात्मक रुपमा लिन नसकिने स्पष्ट पारेका छन् ।

‘प्रतिनिसभा विघटनको सिफारिस असंवैधानिक छ’, सभापति देउवाले भनेका छन्, ‘अधिनायकवाद उन्मुख यो कदमप्रती हाम्रो गम्भीर असहमति छ ।’

ओलीले संविधानको विपरीत रहेर कदम चालेको भन्दै उनले ओलीको कदमलाई रोक्न राष्ट्रपतिलाई आग्रह समेत गरेका छन् । ‘संंविधानविपरीतको सिफारिस स्वीकार गर्न रास्ट्रपति बाध्य हुनुपर्ने देखिन्न’, उनले भनेका छन्, ‘यो कदमको राजनीतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्ने छ ।’