
काठमाडौं, ५ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव राष्ट्रपतिले नरोके सर्वोच्च अदालत जाने बताएका छन् ।
प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै उनले त्यसलाई सच्याउन पनि राष्ट्रपति र सरोकारवाला निकाय गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।
सरकारले विधिको शासन तोडमोड गरेर संविधानको प्रतिकूलतामा यो कदम उठाएको उनको भनाइ छ ।
राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा छाप लगाउने भूमिकाबाट माथि उठ्नुपर्ने खाँणको आग्रह छ । राष्ट्रपति संविधानको पालक र रक्षकभएकाले प्रधानमन्त्री ओलीका असंवैधानिक सिफारिस फर्काउने, रोक्ने काम गर्नुपर्ने उनले बताए ।
राष्ट्रपतिले ओलीको कदम नरोके आफूहरु सर्वोच्चको ढोका ढकढक्याउन जाने उनले स्पष्ट पारेका छन् ।















प्रतिक्रिया