काठमाडाैं, ५ पुस । गरिबी निवारण कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले नेपालमा विद्यमान गरिबी सग्लै काखी च्यापेर समाजवादतर्फको यात्रा सोच्न पनि नसकिने बताएका छन् ।
गरिबी निवारण कोषद्वारा धादिड. गजुरी गाउॅपालिकामा प्रवर्दित सद्भाव गरिबी निवारण सहकारी संस्था लिमिटेडको सातौं साधारण सभाको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
‘गरिबको भोटले सत्तामा पुग्ने तर गरिबको आर्थिक समृद्धि गर्न आनाकानी गर्ने अवस्था गरिबलाई सह्य छैन,’ उनले थपे ।
कार्यक्रममा गजुरी गाउॅपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले आफ्नो कार्यकालको अधिकांश समय भौतिक निर्माणमा खर्च भएको स्वीर्कार्दै अब आफ्नो ध्यान गरिबी निवारणमा लगाउने बताए ।
गाउॅपालिका उपाध्यक्ष सीता ढुंगाना,वडा नं १ का वडाध्यक्ष राजकुमार पण्डित,फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुली,शान्ति नेपालका लालप्रसाद पोख्रेलले शुभकामना मन्तव्य व्यक्त गरेको सो साधारण सभामा व्यवस्थापक वासुदेव सुवेदीले वार्षिक आयव्यय विवरण पेश गरेका थिए ।
गजुरी गाॅउपालिकामा गरिबी निवारण कोषद्वारा प्रवर्दित ५३सामुदायिक संस्थाका घुम्ती कोषमा दुई करोडभन्दा बढी रकम परिचालित रहेको छ ।















प्रतिक्रिया