३ कार्तिक २०८३, मंगलबार

२४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु, मृतकको संख्या १७७७ पुग्यो

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । पछिल्लो २४ घण्टामा देशभर १२ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७७७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७१० जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर विधिबाट ४ हजार ७८० जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ५३ हजार १८४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १७५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ४२ हजार ५६७ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८४० छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १८ लाख ६६ हजार २१० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ८ हजार ८४० जना आइसोलेसन र ४२१ जना क्वारेन्टिनमा छन् ।