बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

भारतसँगको पहिलो टेष्टमा अष्ट्रेलिया ८ विकेटले विजयी

दैनिक नेपाल २०७७ पुष ४ गते १५:१९

काठमाडौं, ४ पुस । भारतसँगको पहिलो टेष्ट क्रिकेट अष्ट्रेलियाले ८ विकेटले जितेको छ ।

भारतले दिएको ९० रनको सामान्य लक्ष्य अष्ट्रेलियाले मात्र २ विकेट गुमाएर भेट्टायो । उसका लागि जोय बन्सले ५१ र म्याथु वाडेले ३३ रन बनाए ।

यसअघि भारतले आफ्नो टेष्ट इतिहासकै न्यून स्कोरको खराब रेकर्ड बनायो । दोस्रो पारीमा ३६ रन मात्रै बनाउन सकेपछि भारतको न्यून स्कोरको रेकर्ड बनेको हो ।

यसअघि सन् १९७४ मा भारतले इङ्ल्याण्डसँगको खेलमा ४२ रन मात्रै बनाएको थियो । भारतलाई इतिहासकै न्यून स्कोरमा समेट्न अस्ट्रेलियाका प्याट कमिन्सले ४ र जोस ह्याजलउडले ५ विकेट लिए ।

९ रनमा एक विकेट गुमाएको अवस्थाबाट खेल थालेको भारतले ९ विकेटको क्षतिमा ३६ रन मात्र बनायो ।

उसका मोहम्मद शामी घाइते भएका कारण अष्ट्रेलियालाई ९० रनको चुनौती दिएको थियो । ९ रन जोड्दा एक विकेट गुमाएर तेस्रो दिनको खेल थालेको भारतले १९ रन बनाउँदा महत्त्वपूर्ण ६ विकेट गुमाइसकेको थियो ।

यस्तै अस्ट्रेलियाले पहिलो पारीमा एक सय ९१ रन बनायो । उसका लागि टिम पेनले सर्वाधिक ७३ रन बनाए । त्यस्तै मार्नुस लाबुशेनले ४७ रनको योगदान गरे । जीतसँगै ४ टेष्टको शृङ्खलामा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित