
काठमाडौँ, ४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री राम बहादुर थापा बादलसहित अन्य दुई जना मन्त्रीसँग सामूहिक भेटवार्ता गरेका छन् ।
शनिबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाटपछि उनीहरुसँग छलफल गरेका हुन् ।
अध्यक्ष प्रचण्डसँग उनकै निवासमा करिब एक घण्टा छलफल गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिनिवास पुल्चोकमा गृहमन्त्री थापासँग छलफल गरेका छन् ।
यसैबीच छलफलमा भौतिक योजना तथा यातायात मन्त्री बसन्त नेम्वाङ र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पनि सहभागी भएका छन् ।















प्रतिक्रिया