
काठमाडौँ, ४ पुस । सत्तारुढ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ ।
उनीहरुबीच करिब डेढ घण्टा लामो छलफल भएको छ ।
शनिबार विहान बजे प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । उनी पुगे लगत्तै पार्टी उपाध्यक्ष वामदेव गौतम पनि पुगेका थिए ।
त्यस्तै, प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री ओली भने बाहिरिएका छन् । ओली निस्किए लगत्तै नेता माधवकुमार नेपाल खुमलटार पुगेका छन् ।
स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र नेता नेपालसँग केही समय कुराकानी गरेर उपाध्यक्ष गौतम पनि बाहिरिएका छन् ।
अहिले प्रचण्ड र नेपालबीच छलफल भइरहेको छ । पार्टी भित्र उत्कर्षमा पुगेको विवाद समाधानका लागि विभिन्न प्रयासहरु भइरहेका छन् । आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।















प्रतिक्रिया