
काठमाडौँ, ४ पुस । गुल्मीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै, दुर्घटनामा ४ जना घाइते भएका छन् ।
रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबीचौरमा लु १ ह २७४३ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा रेसुङ्गा नगरपालिका वडा नम्बर–१२ घर भएका चालक तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गौँडाकोटबाट तम्घासतर्फ जाँदै गर्दा अनियन्त्रित भइ सडकबाट तल खसेर उक्त अटो दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते ४ जनामध्ये २ जनाको गुल्मी अस्पताल र अन्य दुई जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया