३ कार्तिक २०८३, मंगलबार

स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल पालना गरेर विवाह पञ्चमी पर्व मनाउन राष्ट्रपतिको आग्रह

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै विवाह पञ्चमीको उत्सव मनाउन सबैमा आह्वान गरेकी छिन् ।

विवाह पञ्चमीको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यो पर्वले समाजमा सद्भाव र सहिष्णुता थप सुदृढ बनाउने विश्वास समेत व्यक्त गरेकी छिन् ।

माता सीता र भगवान् रामको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मार्ग शुल्क पञ्चमीका दिन आज विवाह पञ्चमी पर्व मनाइँदै छ । प्राचीन कालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व रहेको छ ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अवस्थित जानकी मन्दिरलाई यस पर्वको केन्द्र मानिन्छ । यस दिन जनकपुरस्थित सागरहरूमा सन्ध्या आरती गर्ने, रामायणमा वर्णन भएका घटनाको स्मरण एवं कथा वाचन गर्ने परम्परा रहँदै आएको छ ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्न विवाह पञ्चमी पर्वले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गरेकी छिन् ।