शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पाकिस्तानसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्याण्ड विजयी

दैनिक नेपाल २०७७ पुष ४ गते ६:५१

नयाँदिल्ली, ४ पुस । पाकिस्तानसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्याण्ड पाँच विकेटले विजयी भएको छ ।

अक्ल्याण्डमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५३ रन बनायो । पाकिस्तानका कप्तान शदाब खानले सर्वाधिक ४२ रन बनाए ।

फाहिम फहिम अशर्फले ३१ रनको योगदान गर्दा इमाद वासिमले १९ तथा मोहम्मद रिजवानले १७ रन बनाए । न्युजिल्याण्डका ज्याकोब डुफेले चार विकेट लिए ।

एक सय ५४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १८ ओभर ५ बलमा पाँच विकेट गुमाउँदै भेट्यायो । न्युजिल्याण्डका टिम सेइफेर्टले ५७, मार्क चापम्यानले ३४ रन र ग्लेन फिलिप्सले २३ रन बनाए ।

यो जितसँगै न्युजिल्याण्डले तीन खेलको श्रृङ्खलामा एक–शून्यको अग्रता बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित