१० कार्तिक २०८३, मंगलबार

छुट्टाछुट्टै घटनामा सप्तरीमा एक बालकसहित २ जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सप्तरी, ३ पुस । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ स्थित आँपको बागैचामा छोपिएको अवस्थामा एक बालक आज मृत भेटिएका छन् ।

स्थानीयवासी रोहित मुखियाका पाँच वर्षीय छोरा आनन्दको शव छोपिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए । खेल्न निस्केका बालक घर नफर्किएपछि बिहीबार वेलुका ९ः०० बजेतिर प्रहरीमा खबर गरिएको थियो ।

प्रहरी नायब उपरीक्षक साहका अनुसार ट्रयाक्टरले किचेर बालकको मृत्यु भएपछि चालकले शव आँपको बाँगैचाको पातले छोपेर लुकाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

स १ त ७७५२ नम्बरको ट्रयाक्टरले बालकलाई किचेर मारेको प्रहरीले जनाएको छ । चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीको राजविराज नगरपालिका वडा नं १६ बोरियामा आज आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । स्थानीयवासी ८५ वर्षीय झलाही यादवको गोठमा सुतेको अवस्थामा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो ।

गोठमा आगलागी हुँदा सोही गोठमा सुतिरहेका यादवको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । राजविराजबाट गएको बारुण यन्त्र र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । सो आगलागीबाट अन्नपात, लताकपडासहित करिब रु एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । –रासस