३ कार्तिक २०८३, मंगलबार

काठमाडौं उपत्यकामा शुक्रबार थपिए कोरोना भाइरसका २८७ जना संक्रमित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि हुनेमा १२१ महिला र १६६ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७८२ जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर विधिबाट ५ हजार ७०६ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ५२ हजार ४७४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ४१ हजार ३९२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १६ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १८ लाख ६१ हजार ४३० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ९ हजार ३१७ जना आइसोलेसन र ४२७ जना क्वारेन्टिनमा छन् ।