१० कार्तिक २०८३, मंगलबार

फेसबुकमार्फत महिलाहरुलाई अश्लिल सन्देश, तस्वीर पठाउँदै ७० लाख माग्ने २ पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ पुस । फेक इमेल तथा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाहरुलाई अश्लिल सन्देश, तस्वीर पठाउने, यौन उत्पीडन एवम् हैरानी गरेको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँ बुढानिलकण्ठ नगरपालिका ७ गल्फुटार बस्ने मोरङ विराटनगर उपमहानगरपालिका ३ घर भएका ३३ वर्षीय सुमन रेग्मी र चितवन माडी नगरपालिका ६ कल्याणपुर बस्ने ३५ वर्षीय थम बहादुर विश्वकर्मा रहेका छन् । सुमनलाई काठमाडौँबाट र थम बहादुरलाई जिल्ला प्रहरी कार्यालय चितवन समेतको सहयोगमा चितवनबाट पक्राउ गरिएको हो ।

सुमनले फेक इमेल बनाई महिलालाई आफूसँग अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्वीरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गर्ने, यौन उत्पीडन दिने, यौन एक्सटोर्सन गर्ने, हैरानी गर्ने कार्य गरेको तथा थम बहादुरले सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई नजिकको नाता पर्ने महिलालाई यौनजन्य, अश्लिल सन्देश तथा तस्वीर पठाउने, यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने एवम् हैरानी दिने कार्य गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूर गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका व्यक्तिहरू उपर थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।