
काठमाडौँ, २ पुस । सरकारले नेपाल प्रवेश गर्ने व्यक्तिले अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम सार्वजनिक गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै नेपाल प्रवेश गर्नेले अनिवार्य रुपमा कम्तिमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम सार्वजनिक गरेको हो ।
यो नियमलाई इन्सिडेन्ट कमाण्ड सिष्टमको बैठकले निर्णय गरेको हो ।
मन्त्रायलका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा संक्रमण पुष्टि भएपछि संक्रमितलाई कम्तिमा १० दिन अनिवार्य आइसोलेसनमा बस्ने व्यवस्था गर्ने गराउने निर्णय भएको हुँदा सो अनुसार गर्न गराउन सूचनामा उल्लेख गरिएको छ ।















प्रतिक्रिया