
-वि वि श्रेष्ठ
तनहुँ, २ पुस । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) तनहुँको वाािर्षक प्रतिवेदन सार्वजनिक भएको छ ।
ईन्सेक तनहुँका अध्यक्ष रामलिला सुर्वणकारको अध्यक्षतामा प्रतिवेदन सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिवेदनमा विश्वभरी फैलिएको कोरोनाको असर, नागरिक तथा राजनैतिक अधिकार, आर्थिक समाजिक तथासास्कृतिक अधिकार, स्वास्थ्यको अधिकार, खाद्यको अधिकार, वालअधिकार, वाल शिक्षा अधिकार,को विषयमा चर्चा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी सहायक जिल्ला प्रमुख अधिकारी चित्रांगत वरालले ईन्सेकले प्रकाशित गरेको विषयवस्तु तथ्यमा आधारित भएको बताए ।
प्रतिवेदनमा महिलाको अधिकार, जातिय विभेद विरुद्धको अधिकार, यातना विरुद्धको अधिकार, अपाङ्गता व्यक्तिको अधिकार लगायतको विषयमा प्रकाश पारिएको थियो ।
ईन्सेक तनहुँका जिल्ला प्रतिनिधी प्रकाशचन्द्र भट्टराईले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा दमौली अस्पतालका अध्यक्ष प्रदिपराज अधिकारी, नेकपाका नेता विष्णुभक्त सिग्देल, आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष वसुन्धरा घर्ति लगायतले धारणा राखेका थिए ।















प्रतिक्रिया