शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

विश्वकप जिताउने वाटमेर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

दैनिक नेपाल २०७७ पुष २ गते १७:२२

काठमाडौँ, २ पुस । श्रीलंकालाई विश्वकप दिलाउन भूमिका खेलेका देवनेल फ्रेडरिक (दाव) वाटमेर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

अष्ट्रलियाका वाटमेरलाई नेपाल क्रिकेट संघ क्यानले नियुक्त गरेको हो ।

उनी श्रीलंकासहितका ठूला टिमको मुख्य प्रशिक्षक रहिसकेका छन् । वाटमेरकै प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ मा एक दिवसीय विश्वकपको उपाधि जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित