२ कार्तिक २०८३, सोमबार

काठमाडौँ-दिल्ली नियमित उडान सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ पुस । काठमाडौँ–दिल्ली नियमित उडान सुरु भएको छ । कोरोना महामारीका कारण करिब ९ महिनादेखि स्थगित उडान बिहीबारदेखि सुरु भएको हो ।

बिहीबार बिहान सवा ११ बजे नेपाल एयरलाइन्सको ए–३२० न्यारोबडी जहाजबाट औपचारिक रुपमा नियमित उडान सुरु भएको हो ।

एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले जहाजले आजै दिउँसो २ बजे दिल्लीबाट काठमाडौँ फ्लाइट गर्ने जनाएकी छन् ।

यससँगै अब वायुसेवाबाट कोठमाडौँदेखि दिल्ली दैनिक एक एक वटा उडान हुनेछन् ।