
काठमाडौं, २ पुस । भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली हटाइने भएको छ ।
आज बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।
जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा निर्वाध गुड्न पाउने छन् । यद्यपि, तोकिएको स्वास्थ्य मापदण्ड पालनालाई भने कडा बनाइने निर्णय पनि बैठकले गरेको छ ।
भीडभाड कम गरेर कोरोना महामारीको जोखिम कम गर्न विगतमा जोर–बिजोर प्रणाली लगाए पनि अहिले अरु कुनै खालका प्रतिवन्धहरु नभएकाले अब जोर–बिजोर मात्रै लगाएर राख्दा सार्वजनिक सवारीमा जोखिम बढ्ने महासंघको भनाइ थियो ।
जोर–बिजोर प्रणालीमा प्रहरीले कडा गर्दै आए पनि सार्वजनिक यातायातमा हुँदै आएको यात्रुको जोखिमपूर्ण चापलाई भने नजरअन्दाज गर्दै आएको छ । यसले भने कोरोना महामारीको जोखिम थप बढाएको छ ।
हेर्नुहोस् सूचना–
















प्रतिक्रिया