
काठमाडौं, २ पुस । साधना म्यूजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुला गरिएको छ ।
सामना म्युजिक क्रियसनले आयोजना गर्ने उक्त अवार्डको आवेदन खुला गरिएको हो ।
‘अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको दोस्रो साधना म्यूजिक अवार्ड २०७७ को आवेदन फारम पुनः खुल्ला गरिएको आयोजकले बताएको छ ।
नेपाली लोक गीत, आधुनिक, पप र लोकपप, डिजे गीत र राष्ट्रिय गीतलगायत ३० बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७६ वैशाख १ गते देखि मंसिर १ गतेसम्म बजारमा आएका नेपाली सृजनालाई समावेश गर्न पाउने बताइएको छ ।
नेपाली मौलिक लोक गीत सङ्गीतको विकास र विस्तार एवम् प्रर्वद्धन गर्ने उद्देश्यका साथ भव्य र सभ्य रुपमा आयोजना गर्न लागिएको सामना क्रियसनकी अध्यक्ष सामना शाहले बताए ।
आवेदन फारम अनामनगरस्थित सामना म्युजिक क्रियसन प्रालिको कार्यालयबाट प्राप्त गर्न सकिने छ ।















प्रतिक्रिया