३ कार्तिक २०८३, मंगलबार

टोखा नगरपालिका र चीनको नाक्शु शहरबीच भगिनी सम्बन्ध स्थापना गरिँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । काठमाडौंको टोखा नगरपालिका र चीनको नाक्शु शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने समझदारी भएको छ ।

काठमाडौंको बसुन्धरा ब्यान्केटमा भएको एक कार्यक्रमबीच आज त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । भर्चुअल रुपमा भएको कार्यक्रममार्फत टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र नाक्शु शहरका मेयर केरंग ल्यागंगले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोल प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, टोखा नगरपालिकाका परराष्ट्र सल्लाहकार प्रकाशबाबु पौडेल नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरुसहित कर्मचारीहरुको उपस्थिति थियो ।

टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिका र चीनको तिब्बतस्थित नाक्शु शहरबीच भगिनी सम्बन्ध स्थापनाका लागि सन् २०१९ अगष्ट १३ मा भगिनी समबन्ध स्थापनाको प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेको बताए ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि नाक्शु शहरबाट सहयोगस्वरूप आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलब्ध गराउँदै आएको छ ।