३ कार्तिक २०८३, मंगलबार

विभिन्न स्थानमा तीन जनाको शव भेटियो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २ पुस । प्रहरीले विभिन्न स्थानबाट तीन जनाको शव फेला पारेको छ ।

प्रहरी प्रधान कार्यलयले दिएको जानकारी अनुसार झापा, रोल्प र दार्चुलामा गरी तीन जनाको शव भेटिएको हो ।

प्रहरीका अनुसार झापाको मेची नगरपालिका–१३ शान्ति टोलस्थित पतिमिलभित्र सोही नगरपालिकास्थित चारआली बस्ने ईलाम मंगलबारेका ४० वर्षीय कुमार शेर्पा बुधबार दिउसो मृत अवस्थामा फेला परेका छन् ।

यस्तै रोल्पाको सुनिलस्मृती गाउँपालिका–३ खाराका ३८ वर्षीय निमबहादुर घर्ती सोही गाउँपालिका–४ सिर्मे भीरको बाटोबाट करिब ३०० मिटर तल खसेर बुधबार बेलुका मृत्यु भएको अवस्थामा फेला परेका छन् ।

मङसिर २८ गते भारतबाट घर फर्कने भनी परिवारलाई जानकारी गराएकोमा घर नआईपुगेपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

त्यसैगरी दार्चुलाका लेकम गाउँपालिका–५ रिठाका जगदिश बोहरा सोही ठाउँस्थित जयपुरको भीरबाट लडी बुधबार बेलुका मृत अवस्थामा फेला परेका छन् ।

घटनाहरु सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।