
गुल्मी, २ पुस । जिल्लाको रेसुङ्गा नगरपालिका–१२ भगेरीस्थित ड्युटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जाजरकोट कुसे गाउँपालिका–२ का ४१ वर्षीय पुर्णबहादुर सिंह र पाल्पा निस्दी गाउँपालिका–१ का ४२ वर्षीय मिनबहादुर आले छन् ।
उक्त स्थानमा खटिएको प्रहरीले उक्त स्थानमा चेकजाँच तथा पैदलयात्रीलाई सोधपुछ गर्ने क्रममा उल्टै प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया