
काठमाडौं, २ पुस । संसदको अधिवेशन माग गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ८३ जना सांसदले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई अनुरोधपत्र बुझाए ।
नेकपा स्थायी समिति सदस्य भीम रावल र पम्फा भुसालसहितका नेता ८३ सांसदको हस्ताक्षर लिएर शितल निवास पुगेका थिए । तर, पत्र भने दर्ता भएन ।
राष्ट्रपति कार्यालयले अनुरोधपत्र दर्ता नगरी रावल र भुषाल सम्पर्कबिहिन भएको बताएको छ भने पत्र दर्ता नभएसम्म नफर्किने भन्दै रावल र भुसाल ६ घन्टाभन्दा बढी शितल निवासमै बसेका थिए ।
आखिर के छ त्यो पत्रमा ? हेर्नुहोस्–
















प्रतिक्रिया