
काठमाडौं, २ पुस । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या १ करोड नजिक पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २६ हजार भन्दा बढीमा कारोका संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ९९ लाख ५१ हजार नाघेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख ८९ हजार भन्दा बढी मानिस सङ्क्रमणमुक्त भएका छन् ।
हाल भारतमा ३ लाख १७ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १५ करोड ५६ लाखको हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।















प्रतिक्रिया