
काठमाडौँ, १ पुस । प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् ।
यो सहमति भएसँगै बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ ।
केहीबेर अघि भएको प्रधानमन्त्री ओली तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।
त्यस्तै, संसदको विशेष अधिवेशनको माग गरेर निवेदनसहित शीतलनिवास पुगेका सांसदहरुको हस्ताक्षर पनि फिर्ता गरिने छलफलमा सहमति भएको हो ।
सहभागी एक नेताका अनुसार यो सहमतिसँगै ओलीको सहभागीतामा स्थायी कमिटी बैठक सुरु भएको छ ।















प्रतिक्रिया