१० कार्तिक २०८३, मंगलबार

ओली-प्रचण्डलाई मिलाउन नेताहरुको यस्तो कसरत

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । स्थायी कमिटी बैठक स्थगित गरेर नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ ।

छलफलमा महासचिव विष्णु पौडेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र घनश्याम भुसाल रहेका छन् ।

अध्यक्षद्वयबीच वार्ताका लागि समन्वय गरेका नेताहरुले मंगलबार जारी भएको अध्यादेश तथा आज संसदको विशेष अधिवेशन बोलाउन पेश गरिएको हस्ताक्षर दुवै पिर्ता गराएर विवाद मिलाउने पहल गरेका छन् ।

आजै १ बजे बोलाइएको स्थायी कमिटी बैठकमा ओली र उनी पक्षका नेताहरु नगएपछि बैठक स्थगित भएको छ ।

आजै सांसद भीम रावल र पम्फा भुसाल ८० जना सांसदहरुको हस्ताक्षर बोकेर संसदको विशेष अधिवेशनको माग गर्दै शीतलनिवास पुगेका थिए ।

प्रधानमन्त्री ओलीले प्रचण्डलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए भने प्रचण्डले अध्यादेश फिर्ता लिन ओलीलाई भनेका थिए ।