१० कार्तिक २०८३, मंगलबार

ओली-प्रचण्डबीच पुनः भेटवार्ता, महासचिव पाैडेल पनि सहभागी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । सत्तारुढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पुनः छलफल सुरु भएको छ ।

संसदको विशेष अधिवेशनको माग गर्दै नेकपाका सांसदद्वय भीम रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।
प्रधानमन्त्री ओलीले यो सूचना पाएलगत्तै अध्यक्ष प्रचण्डलाई फोन गरे थिए ।

फोन वार्तामा ओलीले संसद अधिवेशनको माग गर्दै शीतलनिवास लगिएको हस्ताक्षर फिर्ता लिन प्रचण्डलाई आग्रह गरेका थिए ।

स्रोतका अनुसार जवाफमा अध्यक्ष प्रचण्डले मंगलबार जारी भएको अध्यादेश फिर्ता लिन ओलीलाई आग्रह गरेका थिए ।

त्यसको लगत्तै दुवै नेताहरु छलफलमा जुटेको स्रोतले जनाएको छ । अहिले चलिरहेको छलफलमा पार्टीका महासचिव विष्णु पौडेल पनि सहभागी छन् ।

यससँगै आज तय भएको स्थायी कमिटी बैठक अन्योल बनेको छ । स्रोतका अनुसार बैठक केही समयपछि हुनेछ ।