
काठमाडौँ, १ पुस । सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठकमा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएका छन् ।
बैठक अघि प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भएको थियो ।
छलफलमा प्रधानमन्त्री ओलीले स्थायी कमिटीको कार्यसूचीका बारेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग जिज्ञासा राखेका थिए । अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताएपछि ओलीले आफू उपस्थित नहुने जानकारी गराएका स्रोतले जनाएको छ ।
सरकारको पछिल्लो कदमबारे पार्टीकै नेताहरुले आपत्ति जनाइरहेका बेला तय भएको बैठक कतिखेर सुरु हुने अन्याैल रहेकाे छ ।















प्रतिक्रिया