१० कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्चमा रिट पेश

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

मंगलबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरे विरुद्ध अदालतमा रिट दायर भएको हो ।

उनीहरुविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् ।

यद्यपि, रिट दर्ता भइसकेको छैन । सर्वोच्च प्रशासनले रिटको अध्ययन गरिरहेको अधिवक्ता अर्यालले जनाएका छन् ।