२ कार्तिक २०८३, सोमबार

कोरोना भाइरसः नयाँ स्ट्रेन कति चिन्ताजनक कुरा हो यो?

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १ पुस । कोरोनाभाइरसको नयाँ स्वरूप वा नयाँ स्ट्रेनबारेका समाचारलाई राम्ररी बुझ्न मेरो एउटा साधारण तरिका छ ।

भाइरसको आनुवंशिक परिवर्तन वा म्युटेशन सुन्दा डरलाग्दो लाग्छ। तर भाइरसको सामान्य प्रवृत्ति नै यसरी म्यूटेशन (उत्परिवर्तन) भएर फेरिइरहनु हो।

अधिकांश यस्ता परिवर्तन अर्थहीन हुने गर्छन् वा भाइरसले आफूलाई बदल्दा त्यो सङ्क्रामक हुन छाड्छ र आफैँ हराएर जान्छ ।

कहिलेकाहीँ भने उसको परिवर्तनले उसलाई थप सङ्क्रामक वा घातक बनाउन सक्छ ।

हालै इङ्ग्ल्यान्डको दक्षिणपूर्वी भागमा देखा परेको कोरोनाभाइरसको नयाँ स्ट्रेन पुरानोभन्दा धेरै सङ्क्रामक भएको वा थप घातक भएको वा खोपप्रतिरोधी भएको कुनै स्पष्ट प्रमाण फेला परेको छैन ।

तर दुईवटा कारणले वैज्ञानिकहरूले यसमाथि ध्यान केन्द्रित गरिरहेका छन् । पहिलो त यो नयाँ स्वरूपको भाइरस धेरै सङ्क्रमण भइरहेका स्थानमा फेला परेका छन् ।

यो चेतावनीको एउटा सूचक हो जबकि यसलाई दुवै किसिमले अर्थ्याउन सकिन्छ । भाइरस म्यूटेशन भएर चाँडो र धेरै फैलिएको हुनसक्छ ।

तर कहिलेकाहीँ सही मानिसमा सङ्क्रमण फैलाएर पनि भाइरस धेरै फैलिएको देखिन सक्छ । उदाहरणका लागि गर्मी याममा यूकेमा स्पेनी स्ट्रेनको कोरोनाभाइरस फैलियो । धेरै मानिसहरूले स्पेनमा घुमफिर गरेर फर्किँदा त्यो बोकेर आएकाले त्यसो भएको थियो ।

प्रयोगशालामा सूक्ष्म अध्ययन गरेपछि मात्रै यो अहिलेको नयाँ स्ट्रेन थप सङ्क्रामक हो कि होइन भन्ने थाहा हुन्छ ।

अनि यो भाइरसको म्यूटेशन कसरी भइरहेको छ भन्ने दोस्रो विषयले पनि वैज्ञानिकहरूको ध्यानाकृष्ट भएको छ।

‘यसमा एकदमै धेरै म्यूटेशन भइरहेका छन्। हामीले अपेक्षा गरेकोभन्दा धेरै। अनि केही परिवर्तन रोचक देखिन्छन्’, कोभिड–१९ जिनोमिक्स यूके सीओजी(यूके) कन्सोर्सियमका प्राध्यापक निक लोम्यानले बताए ।

दुईवटा उल्लेखनीय म्यूटेशन भएका देखिन्छन् ( तिनका नाम भने अलि जटिल छन्।

दुवै परिवर्तन कोरोनाभाइरसको सतहमा देखिने तीखा स्पाईक प्रोटीनमा भएका देखिन्छन्। यिनै स्पाईकको सहयोगले यो भाइरस हाम्रो शरीरको कोषमा टाँसिएर भित्र छिर्छन् र रोग लगाइदिन्छन् । बीबीसी