
-कमल धिताल
घुम्न जादा होस हो कुनै कार्यक्रम वा साथी भाई भेटघाट हुँदा नै किन न होस हामी आफ्नो मोबाईल मा फोटो खिच्न तल्लिन हुन छौ । फोटो ले हाम्रो बिगत को याद ताजा बनाउछ जुन कुरा हामी सम्झिन कठिन हुन्छ सो कुरा फोटो वा भिडियो हेरेर सजिलै याद गर्न सक्छौ । आजकल मोबाईल को सहजता ले गर्दा फोटो खिच्न सजिलो भएको छ ।
यसरी मोबाईल मा जम्मा गरेका तस्बिर हरु अचानक डिलिट हुँदा हाम्रो बर्षउ अगाडीको याद पनि सोही तस्बिर सहित डिलिट हुन पुग्छ । आउनुहोस यदी तपाईं को स्मार्टफोन मा भएको फोटो भिडियो वा डाटा डिलिट भयो भने कसरी रिकभर गर्ने सो बारेमा जानकारी लिउ ।
तपाईंले यो सजिलो तरिकाले आफ्नो डिलिट भएको फोटो भिडियो प्राप्त गर्न सक्नुहुन्छ ।
सबै एन्ड्रोइड फोनसँग गुगलकोफोटो Pkx’G5। गुगल फोटोहरूमा फोटो ब्याकअपको विकल्प पनि छ, जुन सहायताले तपाईं गुगल ड्राइवमा फोटो पनि ब्याकअप गर्न सक्नुहुनेछ।
यदी तपाईंको फोटो गूगल फोटोबाट पनि डिलिट भएको छ भने त्यहाँ Trash अथवा Bin हुने गर्छ त्यसमा हेर्नुहोस ।
त्यहाँ तपाईंको सबै डिलिट भएको फोटो हुने गर्छ त्यहाँबाट आफुलाई चाहिने फोटो रिकभर गर्नुहोस पुरानो ठाउँमा आएर बस्छ ।
मेमोरी कार्डबाट डिलिट भएमा
यदी तपाईंको फोटो मेमोरी कार्डमा थियो त्यहाँ बाट डिलिट भयो भने यसरी फिर्ता ल्याउनुहोस
पहिला मेमोरी कार्डलाई झिकेर कार्ड रिडरमा रख्नुहोस र डाटा केबल द्वारा कम्प्युटरमा जोड्नुहोस
डाटा रिकभर गर्न आफ्नो कम्प्युटर वा ल्यापटपमा यो EaseUS Data Recovery Wizard सफ्टवेर डाउनलोड गर्नुहोस ।
यदी एन्ड्रोइड फोनमा हो भने सजिलो गरी फोटो र भिडियो डाउनलोड गर्नका लागि DiskDigger सबै भन्दा सजिलो छ र सित्तैमा पाइन्छ । तर तपाईं लाई फोटो वा भिडियो बाहेक अरु डाटा पनि रिकभर गर्नु पर्ने छ भने चाही तपाईंले पैसा तिर्नु पर्ने हुन्छ ।















प्रतिक्रिया