
महोत्तरी, ३० मंसिर । महोत्तरीको मनरासिस्वा नगरपालिका–६ स्थित जलेश्वर–बर्दिवास भित्री सडकखण्डअन्तर्गत आज जन्तीको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत विहार राज्य सीतामढी जिल्ला ग्रामपञ्चायत मुढा घर भई जन्ती आएका ३५ वर्षीय राजेश सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए ।
सर्लाहीको बलरा नगरपालिका–९ छतौना गाउँका ललन सिंहको छोरा धीरज सिंह र मनरासिस्वा नगरपालिका–६ का हरिविष्णु सिंहको छोरी पुनिता सिंहको विवाहमा जन्ती भएर आएका राजेशले चढेको बीआर ०५ पी २०२२ नम्बरको जीप दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बघटनापश्चात् गाडी चालक फरार भएका छन् भने शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ । –रासस















प्रतिक्रिया