१० कार्तिक २०८३, मंगलबार

उखु किसान किन गएनन् वार्तामा ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० मंसिर । राजधानीमा आन्दोलन गरिरहेका उखु किसान दोस्रो दिन पनि वार्ता गर्न अस्वीकार गरेका छन् ।

किसानहरुलाई चिनी उद्योगीहरुसँगै राखेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार पनि वार्ताका लागि बोलाएको थियो ।

यद्यपि पीडित उखु किसानहरु माइतीघर मण्डलामा नै पैसा लिएर आउन सरकारसँग माग गर्दै वार्तामा बस्न अस्वीकार गरे ।

मन्त्रालयले भुक्तानी दिने नभएर सहजीकरण गर्दिने भन्दै दुवै पक्षलाई वार्तामा बोलाइएको मन्त्रालयले जनाएका छन् ।

आजै गृहमन्त्रालयमा भएको ४ जना मन्त्रीहरुको छलफलले चिनी उद्योगीहरुलाई किसानको भुक्तानी दिन निर्देशन दिइसकेको छ ।

उद्योगहरुले भने आफूहरुले किसानलाई भुक्तानी दिनएको तर बिचौलियाहरुले खाइदिएको आरोप लगाएका छन् । उता पीडित किसानले भने आफूहरुले रकम नपाएको भनेर आन्दोलन जारी राखेका छन् ।

उद्योग मन्त्रालयले दुवै तर्फको तथ्य हेर्दा अब चिनी उद्योगहरुले १ अर्ब ६० करोड रकममध्ये अब ६० करोड मात्रै भुक्तानी गर्न बाँकी रहेको बताएको छ ।

भूक्तानी दिन बाँकी ५ चिनी उद्योगहरुमध्ये श्रीराम सुगर मिलको ३५ करोड, अन्नपूर्ण सुगर मिलको १७ करोड ४० लाख, लुम्बिनी सुगर मिलको ८ करोड ४१ लाख, इन्दिरा सुगर मिलको ४ करोड ७० लाख र महालक्ष्मी सुगर मिलको २० लाख रुपैयाँ वक्यौता रहेको मन्त्रालयले जनाएको छ ।