१० कार्तिक २०८३, मंगलबार

पार्टीमा छलफल नगरी अध्यादेश ल्याइनु गलत हो: प्रवक्ता श्रेष्ठ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० मंसिर । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको अध्यादेश गलत भएको बताएका छन् ।

मंगलबार सरकारले ल्याएको अध्यादेशको सार यसअघि जारी गरेर फिर्ता गरिएको अध्यादेश भएको बताउँदै उनले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याइनु गलत भएको बताएका हुन् ।

उनले फेसबुक पेजमार्फत अहिले सत्तारुढ दलको स्थायी कमिटी बैठक चलिरहेको र संसदको नियमित अधिबेसन बोलाउने समय नजिक आएका बेलामा प्रधानमन्त्रीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत भएको बताएका हुन् ।

‘तसर्थ अध्यादेश तत्काल फिर्ता हुनुपर्दछ’, उनले भनेका छन् । पार्टीमा कुनै छलफल नगरीकन अध्यादेश आउनु गलत भएको बताउँदै उनले यी आफ्नो निजी विचार भएको बताएका छन् ।