
काठमाडौँ, ३० मंसिर । बालुवाटारमा नयाँ अध्यादेश अनुरुप संवैधानिक परिषदको बैठक सुरु भएको छ ।
सत्तारुढ दल तथा प्रतिपक्षी कांग्रेसको विरोधको बाबजुद संवैधानिक परिषदको बैठक बसेको हो ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी अध्यादेशले बैठकको लागि बाटो खुला गरेको हो ।
अध्यादेशका आधारमा परिषदका ३ जना मात्र सदस्य उपस्थित भए पनि बैठक सञ्चालन हुन सक्ने व्यवस्था गरेको छ ।
बैठकमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका अतिरिक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहभागी छन् ।















प्रतिक्रिया