१० कार्तिक २०८३, मंगलबार

इलाममा पहिलोपटक वान्तावा भाषामा पठनपाठन हुने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, ३० मंसिर । इलामको माङसेबुङ– ६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा पहिलोपटक वान्तावा भाषाको पठनपाठन हुने भएको छ ।

यसका लागि विद्यालयले शिक्षक समेत छनोट गरेको छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा भाषा शिक्षक नियुक्त गरिएको जनाइएको छ । वान्तवा भाषा अध्यापनले भाषा संरक्षणमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।

जनजाती पत्रकार महासङ्घ इलामका अध्यक्ष राम योङ्हाङले भाषा संरक्षण र सम्बद्र्धनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । –रासस