
काठमाडौं, ३० मंसिर । पछिल्लो २४ घण्टामा देशभर १४ जना संक्रमितले ज्यान गुमाएका छन् ।
यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७३० जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९३६ जना नयाँ संक्रमित थप भएका छन् ।
पीसीआर विधिबाट ७ हजार ११७ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ५० हजार १८० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९९६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ३८ हजार ५६९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा १८ लाख ४३ हजार ५८१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ९ हजार ८८१ जना आइसोलेसन र ४५७ जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया