
काठमाडौं, ३० मंसिर । सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश जारी गर्ने निर्णय प्रधानमन्त्रीको एकल निर्णय भएको बताएका छन् ।
उक्त अध्यादेशप्रति असन्तुष्टि जनाउँदै श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश) नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एकल निर्णयका आधारमा जारी गरेको दाबी गरेका हुन् ।
यो कानुनसम्मत र लोकतान्त्रिक नभएको समेत उनले दाबी गरेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश प्रमाणिकरण समेत गरिसकेकी छिन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संवैधानिक परिषद्को बैठकमा प्रतिनिधिसभाका सभामुख नगएपछि मंगलबार बिहान ९ बजे बोलाइएको परिषद् बैठक स्थगित भएको थियो । त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया