
काठमाडौं, ३० मंसिर । नियमित कार्यसूचीमा छलफल गरेर आज मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा सम्पन्न भएको छ ।
आजको बैठकमा नियमित विषयमा मात्रै छलफल भएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा उल्लेख्य एजेन्डा नभएको र मन्त्रालयगत नियमित विषयमा मात्रै छलफल भएको ती मन्त्रीको भनाइ छ ।
तर, आजको बैठक संवैधानिक परिषद् बैठक लगत्तै आकस्मिक रुपमा डाकिएकाले संवैधानिक आयोगहरुमा नियुक्तिको काम अघि बढाउने अनुमान गरिएको थियो । तर, आजै बिहान बसेको संवैधानिक परिषद् बैठकमा गणपुरक संख्या नपुगेर स्थगित भएकाले उक्त सम्भावना भने न्यून नै थियो ।
मन्त्रिपरिषदको बैठक प्रायः साताको सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक मंगलबार बोलाइएकाले केही खास र ठोस निर्णयको अपेक्षा गरिएको थियो ।
सामान्यतः मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बस्ने गर्छ । हिजो सोमबार नबसेकाले आज बैठक बसेर नियमित कार्यसूचीमाथि छलफल गरिएकाले बैठक नियमित नै भएको बैठकमा सहभागी मन्त्रीको भनाइ छ ।















प्रतिक्रिया