
काठमाडौं, ३० मंसिर । अभिनेत्री वर्षा सिवाकोटीले मनोज गजुरेलसँग विवाह गर्न लागेको भन्ने समाचार झुटो भएको बताएकी छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मिडियाहरुमा आएका समाचारहरु पत्रकारहरुको मनगढन्ते कुरा र अनुमान मात्रै भएको बताएकी छिन् । भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको उनको टिप्पणी छ ।
‘वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै’ भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेको भन्दै उनले फेसबुकमा लेखेकी छिन्, ‘भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको छ ।’
पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको भन्दै उनले अगाडि लेखेकी छिन्, ‘आदरणीय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधैं उचो नै रहेको छ । हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला र ?’
कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाएको राम्रो !! भनेर उनले पत्रकारहरुमाथि लाञ्छना समेत लगाएकी छिन् ।















प्रतिक्रिया