२ कार्तिक २०८३, सोमबार

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

मन्त्रिपरिषदको बैठक प्रायः साताको सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक मंगलबार बोलाइएको हो । आजको बैठकले केही महत्वपूर्ण नियुक्ति गर्ने बुझिएको छ ।

संवैधानिक परिषद् बैठक लगत्तै मन्त्रिपरिषद् बोलाएर संवैधानिक आयोगहरुमा नियुक्तिअघि बढाउने प्रधानमन्त्रीको उद्देश्य भए पनि मंगलबार (आज) बिहानको संवैधानिक परिषद् बैठकमा गणपुरक संख्या नपुगेर स्थगित भएको छ ।

यद्यपि, आजै साँझ ५ बजे उक्त बैठक पनि बस्ने भएको छ । मंगलबार बिहानको बैठकमा परिषद् सदस्य रहेका सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बस्न नसकेको हो ।

पटक–पटक गणपुरक संख्या नपुगेर बैठक असफल हुनुलाई अधिकांशले सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवाद भएको बताउँदै आएका छन् ।