
काठमाडौं, ३० मंसिर । रासायनिक मल खरिदका लागि नेपाली सरकारी टोली आज बंगलादेश प्रस्थान गरेको छ ।
नेपाल र बंगलादेशका सरकारबीच जिटुजीमार्फत मल खरीदका लागि समझदारी गर्न नेपाली टोली आज मंगलबार बिहान ९ बजे बंगलादेश गएको हो ।
सरकारी टोलीको नेतृत्व गर्दै कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीको संयोजकत्वमा चार सदस्यीय टोली बंगलादेश गएको हो ।
टोलीले बंगलादेश सरकारलाई भोलि मल खरिदको प्रस्ताव पेश गरेर सम्झौता गर्ने मन्त्रालयले जनाएको छ ।
यसअघि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर रासायनिक मल खरिद गरिएको भन्दा सस्तोमा मल नेपाल आउने अनुमान गरिएको कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक भण्डारीले जानकारी दिए ।
बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल खरिद गरेर ल्याइने छ । सम्झौता गरेको २० देखि २२ दिनभित्रमा मल नेपाल आइपुग्ने मन्त्रालयको भनाइ छ ।















प्रतिक्रिया