३ कार्तिक २०८३, मंगलबार

संवैधानिक परिषदको बैठक स्थगित, आजै साँझ पुनः बस्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदको मंगलबारको बैठक बहिस्कार गरेपछि स्थगित भएको छ ।

स्थगित भएको बैठक आजै साँझ पाँच बजे पुनः बस्नेछ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको परिषदको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् नेता शेरबहादुर देउवा उपस्थित रहेका छन् ।

नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ निकट मानिने सभामुख सापकोटा परिषदको बैठकमा नगएको विषयमा सापकोटाको सचिवालयले केही भनेको छैन ।