२ कार्तिक २०८३, सोमबार

कोरोना संक्रमितको संख्या ७ करोड नाघ्यो, ५ करोड भन्दा बढी डिस्चार्ज

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ३१ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख २७ हजार ६३ जनामा संक्रमण भएसँगै विश्वभर संक्रमित संख्या ७ करोड ३१ लाख ८० हजार नाघेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा कोभिड–१९ को खोप पनि विकास भइसकेको छ । यद्यपि खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ४९ हजार ९०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड १३ लाख १० हजार नाघेको छ ।

मंगलबार बिहानसम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख २७ हजार नाघेको छ ।

बितेको २४ घण्टामा ८ हजार ४६७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै १६ लाख २७ हजार ३५७ संक्रमितको मृत्यु भएको छ ।

हाल विश्वमा २ करोड १ लाख ६० हजार ७७६ सक्रिय संक्रमित छन् । तीमध्ये १ लाख ६ हजार ४९५ जना गम्भीर बिरामी छन् ।