८ कार्तिक २०८३, आइतबार

नवलपुर छाडेर डा.शशांक कोइराला मोरङतिर ताक्दै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नवलपुर (नवलपरासी पूर्वी)लाई बेवास्ता गरेको आरोप लागेको छ ।

नवलपुरस्थित आफ्नो निर्वाचन क्षेत्रमा बिरलै जाने डा.कोइरालाले राजनीतिक गतिविधिहरूलाई मोरङ र काठमाडौंमा केन्द्रित बनाएको चर्चा छ ।

कांग्रेसले मंसिर २९ गतेको सरकार विरोधी कार्यक्रममा महामन्त्री डा.कोइराला नवलपुरको कार्यक्रमलाई सम्बोधन गर्न आउँछन् कि भनेर अपेक्षा गरेका थिए । तर, डा.कोइराला मोरङतिर हानिए ।

महामन्त्री डा.कोइराला नवलपुरबाट प्रतिनिधि सभामा दुई पटक निर्वाचित भइसकेका छन् । आफू निर्वाचित भएको जिल्लामा जान हिचकिचाउने डा.कोइरालाका विषयमा नवलपुरका कांग्रेसका कार्यकर्ताहरूले चिन्ता जनाएका छन् ।

नवलपुर कांग्रेसका एक नेताले भने, ‘महामन्त्री डा.शशांक कोइरालालाई मंसिर २९ गतेको कार्यक्रमका लागि बोलाएका थियौँ । उहाँ आउनु भएन ।’

कांग्रेसको १४औँ महाधिवेशना सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेका महामन्त्री डा.कोइरालाले आफ्नै निर्वाचन क्षेत्रमा जान किन डराइरहेका छन् प्रश्न उब्जिएको छ ।

डा.कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा विकासका कार्यक्रमहरू सम्पादनका विषयमा पनि ध्यान नदिएको आरोप कांग्रेसकै कार्यकर्ताहरूको छ ।