
काठमाडौँ, २९ मंसिर । काठमाडौँसहित ४ जिल्लामा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँ महानगरपालिका १७ कुस्लेचौर बस्ने ५२ वर्षीय नन्द कृष्ण मानन्धर आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार मृत फेला परेका छन् ।
यसैगरी भक्तपुरको बराहिथान नजिक हनुमन्ते खोलाको किनारमा सोही नगरपालिका ८ च्यामासिंह बस्ने २० वर्षीय हरीसुन्दर कपाली मृतावस्थामा फेला परेका छन् ।
त्यस्तै, झापाको दमक नगरपालिका ९ मा डेरा गरी बस्ने ६० वर्षीय सेवक सुनार पनि आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी जाजरकोटको भेरी नगरपालिका १ कालेगाँउ बस्ने ५६ वर्षीय नेत्र बहादुर बस्नेत सोही नगरपालिका ३ सातदुलामा आइतबार मृतावस्थामा फेला परेका छन् । सदरमुकाम खलंगा जान्छु भनि घरदेखि हिँडेकोमा घरमा नआए पश्चानत खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षल जनाएको छ ।















प्रतिक्रिया