१० कार्तिक २०८३, मंगलबार

पुस १० बाट फिल्म हल खोल्ने नेपाल चलचित्र संघको निर्णय

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ मंसिर । सरकारले फिल्म हलबारे नसोचेको भन्दै नेपाल चलचित्र संघले पुस १० गतेदेखि हल सञ्चालन गर्ने घोषणा गरेका छ ।

कोरोना महामारीका कारण बन्द रहेका फिल्म हलहरु पुस १० देखि सञ्चालन गर्ने संघले जनाएको छ ।

सोमबार संघले एक विज्ञप्ति जारी गर्दै होटल, रेष्टुरेन्टलगायतका सबै व्यवसाय खोलिएको भन्दै कुनै पनि हालतमा हल सञ्चालन गर्ने जनाएको छ । त्यस्तै, संघले सरकारसँग ९ वटा मागहरु पनि राखेको छ ।

९ महिनासम्म पनि सरकारले फिल्म हलका बारेमा मौन बसेको भन्दै जे परे पनि खोल्ने निर्णयमा पुगेको संघले जनाएको हो ।