२ कार्तिक २०८३, सोमबार

२४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७१६ पुग्यो

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २९ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १८ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७१६ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८२१ जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर विधिबाट ५ हजार ४१७ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ४९ हजार २४४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ३६ हजार ५७३ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९५५ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १८ लाख ३६ हजार ४६४ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १० हजार ९५५ जना आइसोलेसन र ४७१ जना क्वारेन्टिनमा छन् ।