१० कार्तिक २०८३, मंगलबार

सरकारद्वारा चिनी उद्योगहरुसँग वार्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ मंसिर । सरकारले चिनी उद्योगहरुलाई वार्ताका लागि बोलाएको छ ।

पीडित उखु किसान दोस्रो पटक राजधानीमा आन्दोलन गर्न थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगहरुलाई वार्तामा बोलाएको हो ।

आइतबारदेखि आन्दोलन थालेका किसानहरुको मागका विषयमा आरोपित चिनी उद्योगहरुलाई मन्त्रालयले वार्तामा बोलाएको हो ।

दिउँसो २ बजेदेखि मन्त्रालयमा किसानहरुको भुक्तानी कसरी यथाशीघ्र छिटो गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।